बालेन साहकाे अभिव्यक्तिप्रति एमाले महासचिव पाेखरेलकाे आपत्ति

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको बताएका हुन् ।

बिहान मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका थिए ।

त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका हुन्।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन् ।