कुशल मल्लकाे विष्फाेटक ब्याटिङ, ३० बलमा अर्धशतक पूरा

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गत ओमानविरुद्धको खेलमा कुशल मल्लले विष्फाेटक अर्धशतक बनाएका छन् ।

नेपाली ब्याट्सम्यानमाथि ओमानका बलरहरु हावी भइरहँदा क्रिजमा आएका कुशलले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए ।

कुशल क्रिजमा आउनुअघि नेपालले २०.३ ओभरमा ७२ रन मात्र जोड्दा अग्रपंतिका चार विकेट गुमाएको थियो ।

दबाबको अवस्थामा पनि उनले खुलेर ब्याटिङ गरेका उनले चौका र छक्काको वर्षा गर्दै ३० बलमै अर्धशतक पूरा गरेका हुन् ।

नेपालले आजको म्याचमा निकै खराब सुरूवात गर्दै दुवै ओपनरलाई शून्यमा गुमाएको थियो । कुशल भुर्तेलले ८ बल र आसिफ शेखले १० बल खेल्दा कुनै रन बनाउन सकेनन् ।

३.४ ओभरमा नेपालले दुई रन मात्र जोड्दा दुवै ओपनर पेभिलियन फर्किएपछि भीम सार्की र कप्तान रोहित पौडेलले नेपालको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूबीच ५२ रनको साझेदारी भएकाे थियाे ।