धनुषा । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना गरिएकाे सहभागी हुन जनकपुरधाम आइपुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।
जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।
उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । खनालले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए ।
देशकाे पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने पनि उनले बताए ।