काठमाडाैं । एसीसी प्रिमियर कपअन्तर्गत आज हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ ।
निरन्तर पानी परेपछि टस हुन नसकेको अवस्थामा खेल रद्द भएकाे हाे । वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएपछि नेपाल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा थियो । खेल रद्द भएपछि ५ अंकसहित नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।
उता साउदी भने एक खेलमा जित र एक खेलमा हार भोगेर २ अंकसहित चौथो स्थानमा छ । खेल रद्द भएपछि उसले पनि १ अंक थपेर ३ बनाएको छ ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो ।
साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भउकाे थियाे भने दाेस्राे खेलमा कतारमाथि ७ विकेटकाे जित निकालेकाे थियाे ।