मेराे प्रश्नकाे जवाफ सरकारले कहिले दिन्छ ? : सांसद ताेसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको बताएकी हुन् ।

‘हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन ।’