काठमाडौं । अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने भएका छन् । यसभन्दा पहिले कानूनमा नेपालमा सवारी बन्ने कल्पनासमेत गरिएको थिएन ।
यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता हुने व्यवस्था गरेको हो ।
नेपालमा नै मोटरसाइकल, गाडी र स्कुटरको पार्टस् बन्दैन । विदेशबाट ल्याएको पार्टपूर्जाबाट एसेम्बल गरेर बाइक, गाडी र स्कुटर दर्ता हुने भएको हो ।
अब नेपालमा एसेम्बलिङ गर्ने दर्ता अर्थात नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने भएको हो ।