यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसाे पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागकाे मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थाेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षााको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

महाशाखाले चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति बँच्न आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरेको छ ।

आागामी तीन दिनको मौसम :

२०८० वैशाख १६ गते (शनिबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०८० वैशाख १७ गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०८० वैशाख १८ गते (सोमबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।