एसीसी प्रिमियर कप सेमिफाइनल : टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनल खेलमा नेपालले टस हारेकाे छ । कुवेतले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकाे छ ।

कीर्तिपुर मैदानमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।