एमाले केन्द्रीय कमिटी बैठक सुरु, यी एजेन्डाहरूमा हुनेछ छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठक ३० गतेसम्म बस्ने छ । बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, चार जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरू सहभागी हुने भएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायतका १० वटा कार्यसूची छन् ।