‘अखण्ड भारत’को नक्साबारे यथार्थ बाहिर ल्याउन रास्वपाको माग

काठमाडौं । भारतको नयाँ संसद भवन भित्र काठमा कुँदिएको अखण्ड भारत नामक नक्सामा नेपाली भूभाग लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारबाट विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । सो बारे बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा वास्तविकताबारे सत्यतथ्य सार्वजनिक गर्र्नुपर्ने माग रास्वपाले गरेको छ ।

‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ‚’ विज्ञप्तिमा थप लेखिएको छ ।

‘नेपालको सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गनुपर्ने जाडदार माग रास्वपाले गर्दछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।