एमाले महासचिवकाे प्रश्न : भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने बाध्यता के हो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति कडा आपत्ति जनाएका छन् ।

बुधवार राष्ट्रपति पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक संजालमा फेसबुक मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकता विधेयक भारत भ्रमणकै पूर्वसंध्यामा प्रमाणिकरण गनूको कारण सोधेका छन् ।

यस्ता छन् उनका प्रश्न

१, निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो ?

२, विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छः नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?

३, सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?

४, प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैधानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ ?

५, नयां जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ?

६, संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन ?

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१