राष्ट्रहितका पक्षमा खरो उत्रिन प्रधानमन्त्रीलाई सम्मानित नेता खनालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रमणका क्रममा राष्ट्रिय हितका विषयहरुलाई दृढतापूर्वक अगाडी बढ्न सुझाव दिएका छन् ।

बिहीवार काठमाडौंमा युवा संघ नेपाल प्रचार विभागद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हितका विषय दृढतापूर्वक अघि बढाउन आग्रह गरे ।

यसअघिका भ्रमणमा हुने गरेका जस्तै गल्ति नदोहो¥याउन उनलाई खनालको सुझाव छ ।

उनले भने,‘ हाम्रो देशका राष्ट्रिय हितका विषयहरुलाई दृढतापूर्वक अगाडी बढाईयोस् । यो नै नेपालीहरुको चाहाना हो । यो भन्दा अगाडी जेजे कुरामा विद्रोह हुँदै आएको छ । यो भ्रमणबाट त्यो कुरापनि विग्रियो भनेर आउनुभयो भने नेपालीहरुले औंला ठड्याउन नपरोस् । ’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई राष्ट्रघाती काण्ड भएको टिप्पणी पनि गरेका छन् ।

नेपालीलाई विदेशी नागरिक बनाएर अमेरिका लगिनु लज्जास्पद् भन्दै उनले दोषिमाथि कडा कारबाही हुनुपर्ने बताए ।

उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध होईन संगठित अपराध त हुँदै हो । राष्ट्रघाती काण्ड र देशद्रोही काण्ड हो । जहाँ हाम्रा देशका विभिन्न पार्टीका उच्च पदमा रहेका मानीसहरु संलग्न भएर नेपालीलाई विदेशी नागरिक बनाएर अमेरिका लग्ने यो जस्तो लज्जास्पद् कुरा अरु हुँदैन ।’