काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि सट्टापट्टा गर्ने विकल्प यो भनेर आफूले कुनै किसिमकाे प्रस्ताव नगरेको बताएका छन् ।
संसदमा जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रस्ट होस् । कालापानी, लिम्पियाधुरा लिपुलेक नेपाली भूमि हो । घुमाउने कोशिश नगरौँ ।’
नभएको हल्ला गरेकाले आफू चिन्तित र पीडित भएको उनले बताए । भारतीय प्रधानमन्त्री मोदीसँग सीमा विवाद हल गर्न खुलस्त कुरा भएको उनले बताए ।
‘हिमालको उचाइमा पुर्याइन्छ भनेर बोलेको पहिलो पटक हो । सुपरहिट सम्बन्ध भनेको पहिलो पटक हो,’ उनले भने ।