दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८० र ०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजो सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।