काठमाडाैं । पिएसजीसँगको सम्झौता सकिएपछि अर्को क्लबको खोजीमा रहेका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।
बार्सिलोनाका पूर्वखेलाडी मेस्सी साउदी अरेबियाको अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार गर्ने तयारीमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
३५ वर्षीय मेसीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गत वर्ष विश्वकपको उपाधिपछि वर्षको अन्त्यमा अर्को अवार्ड जित्ने अपेक्षा गरिएको छ ।
उनी अर्को सिजनको लागि युरोपमा रहन चाहन्थे तर, सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल-हिलाल बीच छनोट थियो ।
उनी साउदी अरेबियामा जाने बताइएको थियो, जहाँ उनी क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाजस्ता खेलाडीसँग आमनेसामने हुन्थे ।
तर मेसी अन्ततः मेजर लिग सकर (एमएलएस) को क्लब इन्टर मियामीमा फुटबलभन्दा बाहिर फैलिएको ठूला ब्रान्डहरूसँगको सम्झौतालगायत विभिन्न कारणले त्यहाँ आकर्षित भए ।
उनी बार्सिलोना फर्कन उत्सुक थिए, तर ला लिगामा अर्को सिजनको लागि हुने फाइनान्सियल फेयर प्ले सीमितताहरूले उनलाई आकर्षक पैसा दिएर भित्र्याउन कठिन देखिएको थियो ।
पिएसजीमा दुवै सिजनमा लिग वान जितेका मेसीलाई पिएसजीबाट च्याम्पियन्स लिगमा भने सफलता मिलेन ।
उनले पिएसजीका लागि ७५ खेलमा ३२ गोल गरेर ।
क्लबको आर्थिक समस्याका कारण २१ वर्षपछि उनले २०२१ मा बार्सिलोना छोडेका थिए ।