काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शनिबार शुभकालिका गाउँपालिका–६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दुर्घटनमा जीप चालक शुभकालिका–२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।