काठमाडौं । आम हड्तालका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ ।
गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हडताल हडतालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन भने बजार पनि बन्द छ ।
बन्दकर्ताहरु विहानैदेखि सडकमा निस्किएर सडक अवरुद्ध गराइरहेका छन् ।
विश्वविद्यालय स्थानपनाका लागि गठित संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार आम हडतालको गरेको हो ।
गत माघ २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले पनि गेटालाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए ।
तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिमका नागरिक विरोधमा आएका हुन् ।