शरणार्थी प्रकरण : भित्र थुनछेक बहस, बाहिर वकिलविरुद्ध नाराबाजी, केही पक्राउ (भिडिओसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिको बहस भइरहँदा अदालत बाहिर झडप भएको छ ।

अदालतमा शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च तहका नेताहरुको पक्षमा बहस भइरहेको भन्दै एक समूहले अदालत बाहिर नाराबाजी गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संघ अखिल क्रान्तिकारीले पक्राउ परेका आरोपीमाथि वकालत गर्ने वकिल विरुद्ध नाराबाजी गरेको थियो ।

नाराबाजी गर्दै उक्त समूह जिल्ला अदालतको गेटमा पुगेको थियो । भिडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले लाठ्ठीचार्ज समेत गर्नुपरेको थियो । विरोधमा उत्रिएका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भिडिओ