काठमाडौं । अपहरणको मुद्दा खेपिरहेका बाग्लुङका प्रभात बस्याल धरौटीमा रिहा भएका छन् । हिरासतमा रहेका उनलाई २ लाख ५० हजार धरौटीमा रिहा गरिएको हो ।
बस्याल र एक किशोरी प्रेममा रहेको र किशोरीको परिवारले नस्वीकार्ने भएपछि उनीहरु भारतमा गएको र पछि किशोरीको परिवारले दुवैलाई स्वीकार गर्ने बहानामा बोलाई प्रभातमाथि कुटपिट गरेर झुटा मुद्दा चलाइएको जनाइएको छ । यद्यपी यहीनै सत्य हो भनेर भन्न सकिँदैन । मुद्दा किनारा लागेको छैन् ।
बिहिबार बाग्लुङमा भएको एक अन्तरजातीय प्रेममा दलित युवामाथि गम्भीर जालझेल गरी फसाइएको भन्दै सांसदहरुले समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।