काठमाडौं । संघीय संसद अन्र्तगत आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा बजेटमाथि बिहिबारबाट सुरू भएको मन्त्रालयगत छलफलको क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।
सचिवालयको कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि आर्थिक वर्ष ०८०/०८१ को लागि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।
आजको छलफलमा उल्लेखित तीन मन्त्रालयमाथि खर्च कटौतीको माग सहित सांसदहरुले प्रस्तावसमेत पेश गर्ने बताईएको छ ।