भारत । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को पहिलो दिनको कमाइले रेकर्ड बनाएको छ ।
फिल्मले पहिलो दिन विश्वभरबाट १४० करोड भारु कमाएको निर्माण कम्पनी टी–सिरिजले जानकारी दिएको भारतीय सञ्चारमाध्यममले उल्लेख गरेका छन् ।
हिन्दी भाषामा बनेको फिल्ममध्ये देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको समाचारमा उल्लेख छ ।
हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइरहेको छ।
फिल्ममा प्रभासले राघव अर्थात रामको भूमिका निभाउँदा कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् ।
हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौं संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ । नेपालमा समेत फिल्मको संवादलाई लिएर विवाद भएको थियो ।