ताप्लेजुङ उडेको प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

विराटनगर । संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ ।

मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो ।