काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन भएको छ ।
बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रद्धर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा सहभागी उपप्राध्यापक चलाउनेले आफुले न्याय नपाए अदालप्रतिको आम जनताको भरोसा टुट्ने बताए ।
उनले भने ‘ विचाराधीन मुद्दालाई अदालतबाटै निर्णय हुन दिनु पथ्र्यौ । यो त शक्तिको आडमा सीधा सीधा मुद्दा फिर्ता लिएर अप्रत्यक्ष रुपमा अदालतमाथि हस्तक्षेप गरेको हो । सरकारले यो मुद्दा तुरुन्तै फिर्ता लिनु पर्छ । मलाई न्याय दिनु पर्छ । मैले न्याय पाईन भने अदालत प्रतिको भरोसा टुट्छ ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेबि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनशन सुरु गरेका छन् ।