शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छ : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल वास्कोटाले शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानु पर्ने बताएका छन् ।

मंगलबार संसदमा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदैं सांसद बास्कोटाले पुराना शहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन भित्री शहरहरुको बारेमा सोच्न आवश्यक भएको बताए ।

उनले भने‘ पुराना शहरको मौलकिता र उनीहरुको जीवन शैली माथिको अतिक्रमणलाई जोगाउन हामीले भित्री शहरहरुमा केही सोचेका छौं ? ती केही कार्यक्रम छैनन् । सडक बत्तिहरु छन, छैनन् । हाउस म्यापिङ छ छैन् ? सुरक्षित वस्ती विकास र जनता आवास कार्यक्रमहरु तपाईहरुको निर्माणको शहरी विकास मन्त्रालयको क्यामेराबाट फोकस आउट भएको छ । हिमाली शहर स्मार्ट शहर नयाँ शहर कहाँ छ यहाँ केही पनि छैन्। केही नयाँ गर्नको लागि पनि हैन् । ’

सांसद बास्कोटाले अघिल्लो सरकारले शहरी विकासको सन्दर्भमा सुरु गरेका कार्यक्रमलाई निरन्तरता नदिएको भन्दै संसद भवन बनाउन कति समय लाग्छ भनेर प्रश्न गरे ।

उनले भने ‘ लामो कुरै गर्नु पर्दैन संसद भवन कहिले बन्छ ? यो कार्यकाल अरु तीन वर्ष लाग्छ भन्छन् । धरहरा निर्माण कति लाग्छ भन्दा अरु २ वर्ष लाग्छ भन्छन् । अछामको मंगलसेन दरवार कति हो कति तपाईहरुको सत्तासिनको पालामा पनि बन्दैन् । भै आएका कुरा स्वीकार्न पनि सक्नु भएन् । यसमा दुःख लाग्या छ । नगर बनेको छ उनिउका स्वाउला कटुसका झाङ छावलीका घरहरु राख्ने जनतालाई कर थोपर्ने सेवा सुविधा दिने कुरामा यो बजेट पुग्छ ?’