प्रतिनिधिसभा बैठक : शिक्षासहित चार मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

बुधबारको बैठकमा पनि विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ ।

बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।