आईसीसी विश्वकप छनोट : नेपाललाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी विश्वकप छनोट–२०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल आज दिउँसो १२ : ४५ मा जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ । समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन् । दुई खेलमा एक-एक जित निकालेका छन् ।