राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः ०१ बजे बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८|७९, महालेखा परीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन, २०७८|७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८|७९ सदनमा पेश गर्ने कार्यसूचि रहेको छ ।

यस्तै, काननु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रिय सभा अध्यक्षले सभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी गराएको छ ।