आजको मौसम : कोशी, वागमती प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरी लाग्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुदाँ देशभर सामान्य बदली रहनेछ ।

आज कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थान तथा वागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

भारी वर्षा, हावाहुरी, मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबानको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।