काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
धान दिवसका अवसरमा आज (शुक्रबार) बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले धानको उत्पादन बढाउन वर्तमान सरकारले विभिन्न कार्यक्रम कार्यान्वयनमा जोड दिएको बताएका हुन् ।
‘देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ’, शभुकामना सन्देशमा भनिएको छ ।
तर पनि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान–चामल आयात बर्सेनि बढिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘यी प्रयासहरूले धान उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको भए तापनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको छ ।’