भोलिबाट देशभर बालुवा, ढुंगा, रोडा र गिटीको उत्पादन र बिक्री वितरण बन्द

काठमाडौं । शनिवारबाट क्रसर तथा खानी उद्योगीले आफ्नो उत्पादन ठप्प पार्ने भएका छन् ।

भोलिबाट देशभर बालुवा, ढुंगा, रोडा र गिटीको उत्पादन र बिक्री रोकिने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले जनाएको छ ।

सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै बन्द गर्ने घोषणा गरिएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताएका हुन् । यसभन्दा अघि नै महासंघले सरकारले व्यवसायीको माग सम्बोधन नगरे असार १६ गतेबाट बन्द गर्ने बताएको थियो ।