काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा आज देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन तथा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती भने कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन तथा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।