काठमाडौं । कानुनमन्त्री धनराज गुरुङले, सरकारले आम नागरिकको जिममा लिने बताएका छन् ।
आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नहरुको जवाफ दिँदै उनले नागरिकको जिम्मा राज्यले नै लिनु पर्ने भन्दै नागरिकको हितको पक्षमा सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने ‘प्रेम सुवाल मलाई स्थायी प्रतिपक्ष जस्तो लाग्छ । सामन्तबादका अवशेषहरु कहीँ कतै बाँकी छन भने त्यसको जरै देखि उखेलेर फाल्नको लागि यो विधयेक आको हो । उहाँ पनि यसको पक्षमा नै हुनुहुन्छ जस्तो लाग्छ ।’
उनले गर्भ देखि चिहानसम्म नागरिकको जिम्मा राज्यले जिम्मा लिनु पर्छ भन्ने कुरामा आफू सहमत भएको बताए । राज्य सत्ता नागरिकको लागि हो र त्यसैको लागि राजनीति गरेको उनको भनाई छ । उनले न्यायलयको वेथितीबारे सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।