खेल क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक पहल गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको प्रोत्साहनका लागि आवश्यक पहल गरिरहेको बताएका छन् ।

आईतवार स्वर्गीय प्रकाश दाहालको स्मृतीमा आयोजित तेस्रो राष्ट्रिय महिला बक्सिङ प्रतियोगितालाई सम्बोधन गर्दै उनले, खेलले अन्तर्राष्ट्रिय भाईचारा वृद्धिमा गुणात्मक भूमिका निर्वाह गर्ने  भन्दै प्रोत्साहनको लागि आवश्यक पहल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘सबै खेल क्षेत्रलाई प्रोत्साहन गर्न जोड गरिरहेको छु । अन्तर्राष्ट्रिय भाईचारा वृद्धिमा खेलले गुणात्मक भूमिका निर्वाह गर्छ । तपाईहरु आवश्यक पहल गर्नु राज्य र सरकार तपाईहरुको साथमा छ ।’

उनले खेलकुद र कलाको क्षेत्र मार्फत आर्थिक सामाजिक रुपान्तरणलाई दिगो बनाउनले उद्देश्यका साथ आफ्नो ठाउँबाट पहल लिएको बताए ।