प्रधानमन्त्री र मन्त्रीले मनपरी ढंगले बजेट बनाएको सांसद सुवालको आरोप

काठमाडौं । सांसद प्रेम सुवालले, बजेट निर्माणमा प्रधानमन्त्री र मन्त्रीहरुको मनोमानि देखिएको दोहोर्याएका छन् ।

आईतबार आर्थिक विधेयक २०८० माथिको छलफलमा संसोधन प्रस्ताव पेश गर्दै उनले राणाकालमा जस्तै अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरुको मनोमानि देखिएको दाबी गरे । उनले भने ‘अर्थमन्त्री ज्युले राणा शासणमा बजेट प्रणली नभएको र राणाहरुको पकेटको खर्च जसरि बजेट परिचालन हुने अन्धकार युग बताउनु भयो । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरुको मन परि बजेट बनेको हैन र ?’

त्यस्तै उनले सत्तापक्षले अवैधानिकरुपमा बजेट राखेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘सत्तापक्षको गठबन्धन दलहरु नेताहरुकै चित्त बुझाउनको लागि अर्थ विविध भनेर पौने १ खर्व राखेको रैछ अब क-कस्को बीचमा भागबण्डा हुने । बिना शीर्षक यसरी पैसा राख्न मिल्छ ? यो एक किसिमको अनियमीतता हो । ’

सरकारले अनियमितताको चाँङलाई वेवास्ता गरेको टिप्पणी गरे ।

उनले भने ‘एनसिएलसँग पुँजीगत लाभकर लगाउनु हुँदैन भनेर हिडेका राजस्व प्रशासक र तत्कालिन महालेखा परीक्षक समेत एनसेललाई पुँजीगत लाभकर उठाउनु पर्ने भनि नलेख्न दवाव दिने तत्कालिन अर्थमन्त्रीहरुलाई किन कारवाही भएन ?’