कान्तिपुर दैनिकका कर्मचारी आन्दोलित

काठमाडौं । कान्तिपुर दैनिकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आर्थिक मन्दिको बहानामा कर्मचारीहरुको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आज थापाथलिस्थित विजनेश पार्कमा रहेको कान्तिपुर कार्यालय अगाडि श्रमको उचित मूल्य पाउनु पर्ने माग सहित प्रर्दशन गरेका हुन् ।

उक्त आन्दोलनमा विगत २१ वर्षदेखि कान्तिपुरमा कार्यरत राजकुमार रिजालले कान्तिपुरले आर्थिक मन्दिको बहानामा तलब नदिने र छलफलका लागि जाँदा पनि झुलाउने काम गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने, ‘आर्थिक मन्दिको बाहानामा कर्मचारीहरुलाई अनेक तरिकाले दुख दिने र जागिरबाट निस्किएर जानको लागि धम्काउने गतिविधिहरु गर्नु भएको थियो । हामीले औपचारिक र अनौपचारिक छलफलमा यस्तो कामहरु बन्द गर्नु, कम्पनी घाटामा छ भने हामी छोडेर जान तयार छौ तर हामीलाई श्रमको उचित मूल्य दिनु पर्न भन्ने माग गरेको हो ।’

उनले संस्थामा कार्यरत ४ वटा सक्रिय युनियनसहितको संयुक्त संघर्ष समिति गठन गरेर २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनको समय सिमासहित पेश गरेपनि पटक पटकको छलफलमा पनि सम्बोधन हुन नसकेको बताए ।

उनले भने, ‘पटक पटकको छलफलमा उहाँहरुले ५ वर्ष काम गरेको साथिहरुलाई १ महिनाको, १० वर्ष काम गरेकालाई २ महिना, १५ वर्ष काम गर्नेलाई ३ महिनाको र त्योभन्दा माथि वर्ष काम गरेका साथिहरुलाई ४ महिनासम्मको दिन सक्छौ, त्यो भन्दा माथि दिन सक्दैनौ भनेर भन्नु भयो हामीलाई त्यो चित्त बुझेन । त्यसपछि यस संस्थामा काम गर्ने ४ वटा सक्रिय युनियनहरु बसेर छलफल गरेर संयुक्त संघर्ष समिति गठन भयो २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनेको समय दिएर पेश गरेका थियौ । तर अझै सम्बोधन भएको छैन । ’