काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् ।
आइतबार प्रतिनीधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसँग नबुझेको तर्क गरेका हुन् ।
ललिता निवास प्रकरणबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रोसँग बुझेको छैन । के गरिरहेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ ।’
त्यस्तै कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टी पोखे । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ । ‘नामकरणको विषयमा हाम्रो मान्यहरुलाई आक्रमण भइरहेको छ भन्ने विषयमा हाम्र्रो ४० को संख्या छ ।’ उनले भने ‘८६ कि कतिले पास गरे, अनि कांग्रेस कहाँ गयो ? माओवादी कहाँ गयो ? जसपा कहाँ गयो? भागे हैन सबै ? तर हाम्रो पार्टी भाग्दैन् ।’