काठमाडौं । नेपाल राष्ट्र बैंकले आज, (सोमवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।