जनसंख्या वृद्धि गर्न रिब्दीकोटले २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार दिने

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर १ ले वडाको जनसंख्या घट्ने क्रम बढेसंगै जनसंख्या वृद्धिका लागि बजेटनै छुट्टाएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका १ मा २ हजार ३४ जनसंख्या थियो । तर २०७८ मा घटेर २ हजार ६० भएको छ । १० वर्षमा बढ्नुपर्ने जनसंख्या ३ सयले घटेको हो ।

दीर्घकालीन योजनाका साथ वडाले जनसंख्या वुद्धि गर्न प्रोत्साहन स्वरुप २ भन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार दिने घोषणा गरेको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ ।

यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याइएको छ । जसअनुसार १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने छन् ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तोे व्यवस्था गरेको जनाएको छ ।