आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज बाँकी प्रदेशमा मौसम आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

दिउँसो सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।