आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बुधबार) दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भने मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्ने जनाएको छ ।

मनसुनी वायुको प्रभावसंगै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तर्फ अर्थात् नेपाल नजिक आइपुगेकाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनसक्ने महाशाखाले जनाएको हो ।

हाल कोशी र मधेश प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो र राती देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । त्यस्तै,बुधबार राती सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । कोशी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भने मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ ।