काठमाडौं ।अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, ऋण नलिइकन कुनैपनि देश समृद्ध हुन नसक्ने जिकिर गरेका छन् ।
विहीबार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै उनले ऋण लिएर लगानी गर्ने, लगानी गरेर प्रतिफल ज्यादा लिनकै लागि सरकारले प्रयास गर्ने बताए ।
उनले भने ‘हामीले ऋण चै लिनु पर्छ । किनकी ऋण नलिइकन आर्थिक समृद्धि हासिल हुदैन् । कुनै पनि देश ऋण समद्ध भएको छैन् ।’
यसअघि लिइएको ऋण सरकारले सदुपयोग नगरेको उनको तर्क छ । ‘ऋण उत्पादनशील क्षेत्रमा प्रयोग भएन् । जहाँ लगानी भयो त्यसको अनुसार प्रतिफल प्राप्त हुने कुरामा अनिश्चितता भएको छ । त्यसमा हाम्रो चासो र चिन्ता छ । ’ उनले भने । यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैँ सांसदहरुले ऋणको सदुपयोग नभए देशले दुख पाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।