चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।