समितिको बैठक बस्दै

काठमाडौं । आज (आइतबार) राष्ट्रिय सभाका समितिका बैठकहरू बस्दैछन् । संसद सचिवालय सिंहदबारमा छुट्टा छुट्टै समयमा बस्ने गरी समितिका बैठकहरू बोलाइएको छ ।

राष्ट्रिय सभाका दुई प्रत्यायोजित व्यवस्थापन तथा सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो । संघीय संसदअन्र्तगत राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक १७७ औं बैठक दिउँसो १ बजे बस्ने भएको छ । समितिको सभा हल संसद सचिवालय सिंहदबारमा बस्ने बैठकमा मोरङ, झापा र तनहुँमा सम्पन्न अनुगमन निरिक्षण कार्यक्रमको समिक्षा गर्ने रहेको छ ।

राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्दैछ । बैठक समितिको सभा हल सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । बैठकमा समितिको स्थलगत अनुगमन र विभिन्न मितिमा भएका छलफलको आधारमा नेपाल सरकारलाई दिइने नीतिगत निर्देशनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिको बिहान ११ बजेका लागि बोलाइएको बैठक साउन ४ गतेका लागि सारिएको छ । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरू र तिनीहरूको प्रवृति लगायतका विषयमा नेपाल राष्ट्र बैठकमा गर्भनर र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।