काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो ।
भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।
भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान राेहित पाैडेलले क्याच आउट गराएका थिए ।
टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको थियाे ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे । ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए ।
नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कुशल मल्लले पनि रन जोड्न सकेनन् ।
नेपाल पहिलाे खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएकाे थियाे ।