सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।