नयाँ रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो ।

बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।