निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।

आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०-८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।

यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ ।

यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।