काठमाडौं । ।नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ ।
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।