आज विश्व हेपाटाइटिस विरुद्धको दिवस

काठमाडौं । “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइदैछ । हेपाटाइटिसबारे जागरुकता बढाउन सन् २००८ देखि हरेक वर्ष यो दिवस बनाउन थालिएको हो ।

नेपालमा भने सन् २०१० देखि मात्र यो दिवस बनाउन थालेको हो । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोगका बारे जनचेतना बढाउन नेपालमा पनि आज अर्थात २८ जुलाईमा विभिन्न कार्यक्रमहरू गरेर मनाइदैछ ।

के हो हेपाटाइटिस ?

हेपाटाइटिस भाइरसले मानव शरीरमा रहेको महत्वपूर्ण अंग कलेजोमा असर गर्ने हुँदा यो रोगलाई खतरनाक मानिन्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुनिनु हो । यस रोगको भाइरसले कलेजोको संक्रमण गराउने हुदाँ मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै क्यान्सरसम्म हुनसक्छ । पाँच प्रकारका हेपाटाइटिस भाइरस (‘ए’ ‘बी’, ‘सी’, ‘डी’, ‘ई’) मध्ये पनि हेपाटाइटिस ए र बी लाई बढी खतरनाक मानिन्छ । संसारभर पनि सबैभन्दा धेरै हेपाटाइटिस बी बाट मानिसहरू प्रभावित हुने गरेका छन् । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । त्यसमा पनि हेपाटाइटिस बी र सी लाई मौन महामारी मानिदै आएको पाइन्छ ।

कसलाई लाग्छ यो रोग

मुख्य गरी लागूपदार्थ दुर्व्यसनी, एचआइभीविरुद्ध संघर्ष गरिरहेका मानिसहरू,बालबालिका र सीमान्तकृत समूहमा यो रोगको संक्रमण धेरै हुने गरेको छ । हेपाटाइटिस ई गर्भवती महिलामा चक्रो रूपमा सङ्क्रमित हुने गरेको छ । दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी सर्यो भने जन्मभर उक्त रोगका स्विकार हुने गर्दछन् ।

यी हुन् लक्षण

ज्वरो आउनु ,शरिर पहेलो हुनु, वाकवाकी लाग्नु, खान मननलाग्नु, जीउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु, शरीर चिलाउनु आदि हुन् ।

कसरी जोगिने ?

हेपाटाइटिस भाइरको संक्रमणबाट जोगिनका लागि दुषित पानी तथा खानेकुराको सेवन नगर्ने, खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने, सफासुघर बस्ने, फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी धुने, वर्षायाममा पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उमाल्ने वा उमालेको पानीको मात्र सेवन गर्नेको साथै बच्चालाई हेपाटाइटिस विरुद्धको खोपबाट जोगिन सकिने चिकित्सकहरूले जनाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१