प्रथम किसान सहिद भीमदत्तको ७० औं स्मृति दिवस

काठमाडौं । जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्तको आज ७० औं स्मृति दिवस । विभिन्न कार्यक्रम गरि उनलाई स्मरण गरिदैँछ ।

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ ।

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका पुराना किसान नेता भीमदत्तलाई राज्यले २०७२ फागुन १९ गते मात्रै शहीद घोषणा गरेको हो ।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका, गीता र मार्कस्बादको राम्रो ज्ञान राख्ने पन्तलाई सामन्ति संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छ ।

उनले अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए ।

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसिह दुई जना सेनाका कमान्डर थिए ।

दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । सो समयमा उनले भान्सामा दलितहरुलाई सहभागी गराउन थालेर छुवाछुतविरुद्ध समेत अभियान चलाएका थिए ।